PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

मन्त्री फेर्ने निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादी भित्र दबाब



पहिलोपोस्ट

मन्त्री फेर्ने निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादी भित्र दबाब

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठककमा नेताहरुले मन्त्री फेर्ने पार्टीको निर्णयलाई कार्वान्यनमा जोड दिएका छन्।

सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जेठ २२ गते नै फिर्ता बोलाउने सचिवालयले निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कार्यान्वयन नभएपछि नेताहरुले कार्यान्वयनका लागि जोड दिएका हुन्। प्रस्तावित नयाँ मन्त्रीहरुले आफूहरु एक-दुई दिनमा मन्त्री हुने प्रतिक्रिया दिँदै आएका थिए। तर, उनीहरुको 'एक-दुई' अहिले सम्म आएको छैन। 

हिजोमात्र स्वास्थ्य मन्त्रीमा प्रस्तावित जीवनराम श्रेष्ठले केहीदिन भित्रै नयाँ मन्त्री नियुक्त हुने बताएका थिए।  

अध्यक्ष माधकुमार नेपालले भने गठबन्धनमा छलफल गरेर अन्तिम टुंगो लाग्ने बैठकलाई जानकारी गराएका थिए। यस्तै आजको बैठकमा राजनीतिक प्रतिवेदन र अब बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकका ऐजेण्डा तयबारे छलफल भएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell