PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय, कानुन मन्त्रीले पेश गरे शान्ति प्रक्रियाको प्रगति



पहिलोपोस्ट

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय, कानुन मन्त्रीले पेश गरे शान्ति प्रक्रियाको प्रगति
फाइल फोटो

काठमाडौँः संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयकलाई अघि बढाउने निर्णय सत्ता गठबन्धनले गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको बैठकले विधेयक अघि बढाउने निर्णय गरेको हो। 

विधेयक २०७५ साउनदेखि सदनमा विचाराधीन छ। राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा प्रतिवेदन तयार पारे पनि प्रतिनिधि सभामा पेश भएको छैन। प्रतिनिधि सभाले पारित गरेपछि विधेयक पुनः राष्ट्रिय सभामा पनि जानेछ। 

गठबन्धन बैठकमा विधेयक तत्काल अघि बढाउने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

बैठकपछि कार्कीले भने, ‘बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण भयो। सम्माननीय प्रधानमन्त्रीजीले नागरिकताको विधेयकलाई अगाडि बढाउने, प्रस्ताव गर्नुभएको छ। अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक, तर उनीहरुका सन्तान नागरिकताविहीन भइरहेको अवस्था छ। यसलाई अन्त्य गर्नका निमित्त अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ। शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि छलफल केन्द्रित भएको छ।’ 

मन्त्री कार्कीका अनुसार बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा प्राप्त विवरणको प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell