PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

‘घुस डिल’मा संलग्न न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक



पहिलोपोस्ट

‘घुस डिल’मा संलग्न न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

काठमाडौँः न्याय परिषदले विचाराधीन मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पादनमा रोक लगाएको छ।

बुधबार बसेको बैठकले कार्यसम्पादनमा रोक लगाएको हो। छानबिन प्रक्रिया टुंगो नलागेसम्म कार्यसम्पादनमा रोक लगाइएको हो।

परिषदले अडियो प्रकरणमा छानबिनका लागि सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ।

संविधान सभाका सदस्य इच्छाराज तामाङको ठगी मुद्दाको पुर्पक्षको आदेशभन्दा पहिले नेपाल बारका तत्कालीन कोषाध्यक्ष रुद्र पोखरेलसँग मुद्दा मिलाउनेबारे गरेको संवाद बाहिरिएपछि कोइराला विवादमा तानिएका हुन्। पुर्पक्षका क्रममा रिहा गरेमा दुई करोड दिने अफर कोइरालालाई गरिएको छ।

उक्त प्रकरणबारे छानबिन गरी कानुन व्यवसायीलाई आवश्यक कारबाही गर्न नेपाल बार काउन्सिलले समेत अनुशासन समितिलाई बुधबार नै निर्देशन दिइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell