PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

एन्फाका नवनिर्वाचित प्रतिनिधिले लिए शपथः महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त



पहिलोपोस्ट

एन्फाका नवनिर्वाचित प्रतिनिधिले लिए शपथः महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित प्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। सातदोबाटोस्थित एन्फा मुख्यालयमा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतका पदाधिकारीले शपथ लिएका हुन्।

शपथपछि बसेको कार्यसमितिको बैठकले किरण राईलाई महासचिवको जिम्मेवारी दिएको छ। रवीन्द्र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरिएको छ। राई यसअघिको कार्यसमितिमा केन्द्रीय सदस्य र प्रवक्ता थिए। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरणपछि उनले राजीनामा दिएका थिए। जोशी अघिल्लो पटक पनि कोषाध्यक्ष थिए।

सोमबार सम्पन्न निर्वाचनमा नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्ष निर्वाचित भएका थिए। नवनिर्वाचित कार्यसमितिमा नेम्बाङ पक्षकै बाहुल्यता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell