PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

बालबालिकालाई बिहीबारदेखि कोभिडविरुद्धको फाइजर खोप, यी २७ जिल्लामा सञ्चालन हुँदैछ अभियान



पहिलोपोस्ट

बालबालिकालाई बिहीबारदेखि कोभिडविरुद्धको फाइजर खोप, यी २७ जिल्लामा सञ्चालन हुँदैछ अभियान

काठमाडौँः ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई बिहीबारदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जिल्लामा खोप कार्यक्रम सञ्चालन हुनेछ। 

पहिलो चरणमा असार ९ देखि १५ सम्म खोपको पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा दिइने छ। 

मन्त्रालयका अनुसार प्रदेश १ झापा, इलाम, मोरङ र सुनसरीमा खोप कार्यक्रम सञ्चालन हुनेछ। यस्तै, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरीमा खोप अभियान चलाइने छ। 

मन्त्रालयको सूचना अनुसार वाग्मती प्रदेशमा उपत्यका तीन जिल्ला तथा काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप कार्यक्रम तय भएको छ। गण्डकीमा कास्की र नवलपरासी पूर्व तथा लुम्बिनीमा नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दियामा खोप कार्यक्रम सञ्चालन हुनेछ। 

कर्णलीमा सुर्खेतमा मात्र खोप कार्यक्रम तय भएको छ। यस्तै, सुदूरपश्चिममा कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell