PahiloPost

May 18, 2025 | ५ जेठ २०८२

बजेट खर्चको बेथितिलाई निरन्तरता दिँदै वाग्मती सरकार



निशा गुरुङ

बजेट खर्चको बेथितिलाई निरन्तरता दिँदै वाग्मती सरकार

हेटौंडाः आर्थिक वर्षको अन्तिममा जथाभावी रुपमा हुने बजेट खर्चलाई वाग्मती प्रदेश सरकारले यो पटक पनि निरन्तरता दिएको छ। चालु वर्षको अन्तिम महिनामा सरकारले खर्चको आँकडा बढाएको छ। १० महिनासम्म खर्चमा निराशाजनक देखिएको सरकारले अन्तिमतिर भने बजेट खर्च बढाएको हो।

वैशाखसम्ममा विकास निर्माणमा सरकारको कूल खर्च ३५ प्रतिशत मात्रै थियो। तर, पछिल्लो एक महिनामा नै सरकारले ७ प्रतिशत खर्च बढाएको छ ।

२० अर्ब ५४ करोड ९२ लाख खर्च गर्न १० महिना लगाएको सरकारले पछिल्लो जेठमा मात्र तीन अर्ब ९४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ।सरकारले खर्च ६५ ६५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

गत आर्थिक वर्षमा डोरमणि पौडेल नेतृत्वको सरकारले असार एक महिनामा नै १२ अर्ब रूपैयाँ बजेट खर्च गरेको थियो। मनलाग्दी रुपमा खर्च गरेको भन्दै हाल सरकारमा रहेका दलहरुले विरोध गरेका थिए। अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस तथा एकीकृत समाजवादीले प्रदेशमा गठबन्धन गरेर सरकार बनाएका छन्। नेतृतव एकीकृत समाजवादीले गरेको छ। प्रदेश सरकारको नेतृत्व गरेको ८ महिना भइसक्दा पनि बजेट खर्च बढाउन भने सकेको छैन।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारको काम छिटो, छरितो र प्रभावकारी बनाउने भन्दै ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएका छन्। मन्त्रालय विभाजनले प्रशासनिक खर्च बढाए पनि पुँजीगत खर्चमा कुनै उत्साह थपेन। बजेट खर्च अघिल्लो सरकारभन्दा पनि कमजोर देखिएको छ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पुँजीगत खर्च ६५ प्रतिशत पुर्‍याउने बताइरहेका छन्। विकासका कामहरूको भुक्तानी गर्न बाँकी रहेको रहेकोले बजेट खर्च ६५ प्रतिशतसम्म पुग्ने दाबी उनको छ। मन्त्रीको लक्ष्य पूरा गर्न असारको बाँकी समयमा अब कम्तिमा २३ प्रतिशतभन्दा धेरै बजेट खर्च हुनुपर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell