PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नाबालिकामाथि सामूहिक बलात्कार र गर्भपतन प्रकरणः किटानी जाहेरीको दुई सातासम्म पनि पक्राउ परेनन् अभियुक्त



पहिलोपोस्ट

नाबालिकामाथि सामूहिक बलात्कार र गर्भपतन प्रकरणः किटानी जाहेरीको दुई सातासम्म पनि पक्राउ परेनन् अभियुक्त

वीरगंजः बारामा करिब दुई साताअघि सार्वजनिक भएको जबर्जस्ती करणीपछि गर्भपतनको घटनाका आरोपित अझै पक्राउ पर्न सकेका छैनन्। प्रसौनी गाउँपालिकाकी १७ वर्षीया नाबालिकामाथि पटक-पटकको करणीमा गर्भवती भएपछि अभियुक्तले जबर्जस्ती गर्भपतन गराएका थिए।

घटनापछि पीडित परिवारले किटानी जाहेरी दिएका सबै फरार छन्। अभियुक्तहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिए।

पीडित पक्षले दिपक साह र श्यामसुन्दर साहले बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेका छन्। यस्तै गर्भपतनमा ओमप्रकाश कुसवाहको पनि संलग्नता रहेको किटानी जाहेरीमा उल्लेख छ। जेठ २९ गते किटानी जाहेरी दर्ता भएको थियो।

जेठ २९ गते नै कलैयाको एक निजी क्लिनिकमा चिकित्सक कुसवाहको सहयोगमा गर्भपतन गराएको पीडित पक्षको भनाई छ। गर्भपतनपछि घटना बाहिर आएको थियो।  

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा सोनी देवीको संलग्नता समेत देखिएको छ। स्वास्थ्य जाँचमा गर्भवती भएको थाहा सोनीले पाएपछि दिपकलाई जानकारी गराई गर्भपतनमा सहयोग गरेको आरोप लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell