PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई जना युवकको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई जना युवकको मृत्यु

काठमाडौंः भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी र अर्का एक युवकको मृत्यु भएको हो। आज बिहान करिब साव २ बजे भक्तपुर सुर्यबिनायक नगरपालिका ८ आदर्श चोक नजिक मोटरसाइकल र टिपर एक आपसमा ठोकिदाँ दुर्घटना भएको हो।

सुर्यबिनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र  जगातिबाट सुर्यबिनायक तर्फ आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी वृत्त जगातीको टोलीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell