PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

बुढानीलकण्ठमा निर्माणाधीन घरभित्र महिलाको शव फेला, हत्या आशंकामा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

बुढानीलकण्ठमा निर्माणाधीन घरभित्र महिलाको शव फेला, हत्या आशंकामा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा
प्रतीकात्मक तस्विर

काठमाडौंः काठमाडौंको बुढानीलकण्ठमा एक महिलाको शव फेला परेको छ। हत्याको आशशंकमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। 

बढानीलकण्ठ नगरपालिका ८ भंगालमा ४० वर्षीय फूलमाया सुनारको शव फेला परेको हो। हत्याको आशंकामा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो महिलाको शव भेटिएको हो। निर्माणाधीन घरको भुँइ तल्लामा शव भेटिएको हो।

निर्माणाधीन घरभित्र महिलाको शव भेटिएको थियो। प्रहरीले निर्माण घर सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

घटना भएको समयमा उनी निर्माणाधीन घरको माथिल्लो तल्लामा थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell