PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को घोषणा, विजेतालाई ५ लाख पुरस्कार



पहिलोपोस्ट

र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को घोषणा, विजेतालाई ५ लाख पुरस्कार

काठमाडौं: नयाँ र्‍याप रियालिटी शो ‘ब्याटल भूमि’को घोषणा भएको छ। र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ। सोही टिमले एक कार्यक्रमका बीच नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’को औपचारिक घोषणा गरेको हो।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन्। हिजोदेखि सुरू भएको डिजिटल अडिसन २ जुलाईसम्म खुल्ला रहने निर्माण पक्षले जनाएको छ।

सहभागी हुन चाहनेले नेपाल र्‍यापको वेबसाइटमा गएर डिजिटल अडिसन दिन सक्नेछन्। डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेटभन्दा माथिको भिडियो पठाउनु पर्नेछ।

साउनबाट ओेएसआर डिजिटल र डि म्युजिक टेलिभिजनबाट प्रसारण हुने शो'मा विजेतालाई ५ लाख नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell