PahiloPost

Jul 4, 2022 | २० असार २०७९

अनुप बराल निर्देशित फिल्म ‘दोख’को दोस्रो टिजर सार्वजनिक



पहिलोपोस्ट

अनुप बराल निर्देशित फिल्म ‘दोख’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक भएको छ। असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सो फिल्मको दोस्रो टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दीया मास्के, मनिष निरौला लगायतलाई देखाइएको छ। टिजरमा गाउँले महिलाको भूमिकामा देखिएकी दीया र विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिषबिचको सम्बन्ध र प्रेममाथि माओवादी जनयुद्धको प्रभाव देखाइएको छ।

राजन कठेतको लेखन रहेको यो फिल्म माओवादी द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको हो। फिल्ममा दीया र मनिषका साथै लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतका कलाकारहरुको अभिनय छ।

गत शुक्रवारमात्रै अमृत गुरुङको स्वरमा रहेको ‘बन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो। चलचित्रको ट्रेलर पनि छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell