PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अन्तर वडा टेबलटेनिस भदौ २१ बाट, प्रतियोगिताको अनुमानित लागत १५ लाख



पहिलोपोस्ट

अन्तर वडा टेबलटेनिस भदौ २१ बाट, प्रतियोगिताको अनुमानित लागत १५ लाख

काठमाडौं : भदौको तेस्रो साता बाट ‘पूर्ण शंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ। प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो।

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको यो प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुनेछ। प्रतियोगिताको अनुमानित लागत १५ लाख रुपैयाँ रहेको छ।

यस प्रतियोगितालाई समाजसेवी पूर्ण शंकर श्रेष्ठले हरेक वर्ष मुख्य प्रायोजकको रूपमा प्रायोजन गर्ने आयोजकले जनाएको छ। श्रेष्ठले अनुमानित लागत रकमको ५० प्रतिशत स्पिन इभेन्ट्स प्रालिलाई प्रतियोगिता दौरान बुझाउनेछन्। यस प्रतियोगितामा नेपाल अधिराज्य भरका वडाका खेलाडीहरूले सहभागिता जनाउने बताइएको छ।

आघिल्लो वर्ष यस प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि) गरेर ६ स्पर्धामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए भने यस वर्ष मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि)को स्पर्धालाई हटाएर २ नयाँ स्पर्धा (मेन्स भेट्रान सिंगल्स ५० वर्षमाथि र मेन्स भेट्रान्स सिंगल्स ६० वर्षमाथि) थप गरी
७ स्पर्धामा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जानकारी दिए छ।

वर्तमान टप १६ टेबल टेनिस खेलाडी बाहेक, देशभरीका अन्य खेलाडीहरूले यस प्रतियोगितामा भाग लिन सक्नेछन्। प्रतियोगिताको पुरस्कार राशी दुई लाख ३० हजार रुपैयाँ रहेको छ।

मेन्स/वुमेन्स सिंगल्स स्पर्धामा प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिुस्ट)हरूलाई क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कारका साथै भेट्रान्स सिंगल्स तर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिस्ट)लाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा पदक तालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडालाई नगद ५० हजार रुपैयाँका साथै शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell