PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

नेपाल-भारत जोड्ने ‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा

नेपाल-भारत जोड्ने ‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


जनकपुरधाम : नेपाल-भारत जोड्ने ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ। मंगलवार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो १:३८ वजे जनकपुरधाम आइपुगेको हो।

धार्मिक तथा साँस्कृतिक प्रवर्द्धनका लागि झण्डै ६ सय यात्रुसहित उक्त रेल जनकपुरधाम आएको हो। रेल चढेर आउने तीर्थ यात्रीलाई भव्य स्वागत गरिएको छ।

मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा बनमन्त्री सत्रुधा महतो, जनकपुरधाम उपमहानरपालिकाका प्रमुख मनोज साह र जानकी मन्दिरका छोटा महन्थ रामरोसन दासलगायतले तीर्थयात्रीको स्वागत गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell