PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

खस्कियो नेपालको फिफा वरीयता



पहिलोपोस्ट

खस्कियो नेपालको फिफा वरीयता

काठमाडौं : नेपाली फुटबल टोलीको फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको विश्व वरीयतामा नेपालको वरीयता खस्किएको हो।

नेपाल हाल १७६औँ स्थानमा छ। यसअघि नेपाल १६८औँ स्थानमा थियो। पछिल्लो समय एसिया कप छनोट खेलेको नेपाल सबै खेलमा फराकिलो हार ब्यहोर्दै बाहिरिएको थियो।

दक्षिण एसियामा भारत, माल्दिभ्स र अफगानिस्तान नेपाल भन्दा अगाडि छन्। माल्दिभ्स १५६औँ, अफगानिस्तान १५४औँ र भारत १०४औँ स्थानमा छन्।

विश्ववरीयताको शीर्ष चारमा क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना र फ्रान्स छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell