PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संसद हापेर कहाँ जान्छन् सांसद? जल्दाबल्दा बिषयमा छलफल हुँदा पनि कुर्सी खाली!

संसद हापेर कहाँ जान्छन् सांसद? जल्दाबल्दा बिषयमा छलफल हुँदा पनि कुर्सी खाली!

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जनताका मुद्दाहरुलाई लिएर सांसदहरुले सरकारको ध्यानकर्षण गर्ने थलो हो - प्रतिनिधि सभा। नीति निर्माणमा मात्रै होइन जनताका विभिन्न मुद्दाहरु पनि सांसदको सरोकारका विषय हुन्। सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिने व्यवस्था छ, संसदमा।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले विभिन्न विषयहरु उठाए। नेकपा(एकीकृत समाजवादी)कि सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गरिन्। नेकपा(एमाले)का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे।

'सरकारले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु,'उनले भने।

यसरी सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानकर्षण गराइरहँदा अधिकांश कुर्सीहरु खाली देखिए। सांसदहरुले महत्वपूर्ण विषयमा छलफल हुँदा समेत आजकल बैठक 'बंक' गर्ने गरेका छन्। जसकारण बैठकका खाली कुर्सी देखाएर नागरिकहरु प्रश्न गरिरहेका छन् : संसद हापेर कहाँ जान्छन् सांसद?



ट्रेन्डिङ पोस्ट

Ncell