PahiloPost

Oct 21, 2025 | ५ कात्तिक २०८२

'मेरो आँखामा हेर्नु भयो भने हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुनेछ'



पहिलोपोस्ट

'मेरो आँखामा हेर्नु भयो भने हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुनेछ'

काठमाडौं : एक महिनाअघि अभिनेत्री दीया पुनले सगरमाथा आरोहरण गरेकी थिइन्। आज सगरमाथाको सफल आरोहणपछिको तस्विर उनले सेयर गरेकी छिन्।

हिमाल चढेपछिको सेल्फी राखेर उनले सगरमाथा आरोहरणका क्रममा भोगेका समस्याबारे लेखेकी छिन्। 

‘सायद निद्राको कमी, डिहाइड्रेशन, हावा र घामले होला, छालामा रातो, सुख्खा र गाढा धब्बा देखिएका छन्। क्याम्प-२ भन्दा माथि पुगेसँगै मैले आँखा र छालालाई जोगाउन निकै कोसिस गरे। त्यतिबेला तपाईंले सोच्ने अन्तिम कुरा भनेको आफ्नो छालालाई कठिन अवस्थाबाट जोगाउनु हो। चिपिक्क परेको कपाल, मैले अन्तिमपटक कहिले नुहाएकी थिएँ, गन्नै बिर्सिएँ। यी सबै कठिनाइको पनि तपाईंले जब मेरो आँखामा हेर्नुहुन्छ, म हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुनेछ।’ उनले लेखेकी छिन्।

दीया अभिनित फिल्म ‘मन्त्र’ वैशाखमा रिलिज भएको थियो। दिया अभिनित फिल्म ‘अन्तिम संस्कार’ छायाँकनको तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell