PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

स्वर्गीय शरदचन्द्र शाहको स्मृतिमा फोटो प्रदर्शनी सुरु



पहिलोपोस्ट

स्वर्गीय शरदचन्द्र शाहको स्मृतिमा फोटो प्रदर्शनी सुरु

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव स्वर्गीय शरदचन्द्र शाहको स्मृतिमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। शरदचन्द्र मेमोरियाल फाउन्डेसनको आयोजना र नेपाल स्पोर्ट फर अल कमिसनको सहकार्यमा नेपालो खेलकुदमा नयाँ युगको प्रारम्भ शीर्षकमा प्रदर्शनी  सुरु भएको हो।

बिहीवारबाट सुरु भएको प्रदर्शनलाई एक वर्षभित्र देशका सातवटै प्रदेशमा समेत आयोजना गरिने आयोजकले जनाएको छ। शाहले राष्ट्रिय खेलकुद परिषदमा रहँदा नेपाली खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्नै प्रदर्शनी आयोजना गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell