PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

काठमाडौं उपत्यकाका यी नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल



पहिलोपोस्ट

काठमाडौं उपत्यकाका यी नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल
फाइल फोटो

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको नदीहरुको जलसतह बढ्दो छ। जल तथा मौसम विभागका अनुसार पछिल्लो ४ घण्टादेखि उपत्यकामा भारी वर्षाको मापन भएको छ।

विभागले बिहान एक सूचना जारी गर्दै नदी किनारको बाटो भइ यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

'पछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन भएको छ,' सूचनामा भनिएको छ, 'हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔ।'

शुक्रवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको हो।

'हाल देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक  देखी सामान्य बदली रहेको छ,' महाशाखाको बुलेटिनमा भनिएको छ, 'प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ।'

हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको महाशाखाले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell