PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

एसिया कप पुग्न नेपाललाई ८२ रनको लक्ष्य, उत्कृष्ट प्रदर्शन गरेकी अस्मिनाले लिइन ५ विकेट



पहिलोपोस्ट

एसिया कप पुग्न नेपाललाई ८२ रनको लक्ष्य, उत्कृष्ट प्रदर्शन गरेकी अस्मिनाले लिइन ५ विकेट
तस्बीर: क्यान

काठमाडौं: एसीसी महिला टी २० च्याम्पियनसीप अन्तर्गत जारी सेमिफाइनल खेलमा युएईले नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वललम्पुरस्थित किनरारा एकेडेमीमा जारी खेलमा मलेसियाले नेपाललाई ८२ रनको लक्ष्य दिएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको युएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो। युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा इशा रोहितले १५, कप्तान छाया मुगलले १४, खुशी शर्माले १२ रन बनाइन्।

बलिङतर्फ नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले ३ तथा सीता मगरले २ विकेट लिइन्।

आजको खेलमा जित निकालेको खण्डमा नेपाल एसिया कपमा प्रवेश गर्नेछ। नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell