काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य नघाटेसम्म विभिन्न कर कटौति गर्न सरकारलाई सुझाव दिएका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट जोगाउन पूर्वाधार कर, भन्सार कर लगायत कटौति गरी जम्मा २६.६२ रुपैयाँ कर नलिने निर्णय सरकारले गर्नुपर्ने सुझाव दिएका हुन्।
'जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भंसार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघट्दा सम्म नलिने निर्णय गरोस,' कोइरालाले भनेका छन्।
जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस।
— Dr Shekhar Koirala (@Shekharnc) June 24, 2022
पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै बढाएपछि यसको चौतर्फी विरोध हुन थालेको छ। पेट्रोलियम पदार्थमा मुल्य बढेसँगै भान्सादेखि यात्रासम्म महँगी चुलिएको छ।