PahiloPost

Mar 16, 2026 | २ चैत्र २०८२

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै नेपाली फिल्म 'घनचक्कर'



पहिलोपोस्ट

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै नेपाली फिल्म 'घनचक्कर'

आज शुक्रवार एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘घनचक्कर’, विदेशीतर्फ बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्विस’ रिलिज भएका हुन्।

जितेन्द्र राजोपाध्याय निर्देशित फिल्म ‘घनचक्कर’ ले दुई बेरोजगार युवाको कथा भन्छ। गाउँबाट राम्रो जीवनको लागि शहर पसेका  युवाहरुको कथा फिल्ममा छ। भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा सौगात मल्ल, सलोन बस्नेत र शिशिर भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

त्यसैगरि, रोमान्टिक कमेडी जनरमा बनेको बलिउड फिल्म ‘जुगजुग जियो’ पनि रिलिज भएको छ। राज मेहता निर्देशित यस फिल्ममा अनिल कपुर, नितु कपुर, वरूण धवन, कियारा आडवाणी लगायतका कलाकारहरूको अभिनय भएको छ। भारतमा समिक्षात्मक रूपमा यस फिल्मले राम्रो प्रतिक्रिया समेत पाइरहेको छ।

हलिउड फिल्मतर्फ भने एल्विस रिलिज भएको छ। बायोग्राफिकल म्युजिकल ड्रामा ‘एल्विस’ बाज लुहरम्यान निर्देशित फिल्म हो। यस फिल्ममा टम ह्यान्क्स, अस्टिन बटलर, ओलिभिया डेजोन्जेको अभिनय रहेको छ। यस फिल्ममा एल्विस प्रेस्लीले पहिलो रक एन रोल स्टार बन्न गरेको सघंर्ष र आफ्नो संगीतले संसारलाई परिवर्तन गरेको कुराहरू समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell