PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

वर्षा बाधक बन्दा फाइनल खेल्ने नेपालको सपना चकनाचुर, युएई एसिया कपमा



पहिलोपोस्ट

वर्षा बाधक बन्दा फाइनल खेल्ने नेपालको सपना चकनाचुर, युएई एसिया कपमा

काठमाडौं: एसीसी महिला टी २० च्याम्पियनसीप अन्तर्गत नेपाल र यूएईबीचको सेमिफाइनल खेल रद्ध भएको छ। मलेसियाको क्वललम्पुरस्थित किनरारा एकेडेमीमा सुरु भएको सेमिफाइनल खेलमा युएईले नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युएईको पारि पछि निरन्तर वर्षा भएपछि खेल रद्ध भएको हो। यो सँगै समूह विजेता भएका आधारमा युएई फाइनल प्रवेश गरेको छ। वर्षाका कारण टसदेखिनै खेल प्रभावित भएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको युएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटिएको थियो। युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा इशा रोहितले १५, कप्तान छाया मुगलले १४, खुशी शर्माले १२ रन बनाइन्।

बलिङतर्फ नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले ३ तथा सीता मगरले २ विकेट लिएका थिए। सानदार सुरुवात गरेर पनि फाइनल प्रवेश गर्न नपाउँदा नेपालका लागि दूर्भाग्य बन्न पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell