PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

भारतबाट राजस्व छली गरेर ल्याइएको चिनी नेपालगञ्जमा बरामद



पहिलोपोस्ट

भारतबाट राजस्व छली गरेर ल्याइएको चिनी नेपालगञ्जमा बरामद

नेपालगञ्ज : भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

‘नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौँ,’ उनले भने।

बाँकेमा विशेष गरी सेटिङमै जमुनाह, हिरमीनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ। भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा वितरण गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell