PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

खाबी लेम बने टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति



पहिलोपोस्ट

खाबी लेम बने टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति
Photo : Getty Images

कमेडियन खाबी लेम टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन्। १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन्।

यसअघि चार्ली डी'मिलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीको पहिलो नम्बरमा थिइन्। उनको रेकर्डलाई २२ वर्षीय लेमले 'ब्रेक' गरेका हुन्।

लेमले टिकटकमा कमेडी भिडियोहरू पोस्ट गर्छन्। भिडियोहरूमा उनले आवाज बिना नै शारीरिक हाउभाउले प्रस्तुति दिन्छन्। मौन रहेर अभिव्यक्त हुने उनको 'रियाक्सन'ले नै उनलाई टिकटकमा सबैभन्दा लोकप्रिय बनाइदियो।

अफ्रिकी राष्ट्र सेनेगलमा जन्मेका लेम हाल इटालीमा बस्छन्। उनी इटालीमा कामदारको रूपमा काम गर्थे। तर, सन् २०२० को कोरोना महामारीसँगै उनले जागिर गुमाउन बाध्य भए। जागिर गुमाएपछि उनले टिकटकमा भिडियोहरू पोस्ट गर्न थालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell