PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए



पहिलोपोस्ट

स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए

काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन्।

आज बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो।

सिरहाका निरञ्जन कुमार सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू (झोल)सँगै मिसाएर १०० ग्राम सुन ल्याएका थिए।

सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell