PahiloPost

Jan 29, 2026 | १६ माघ २०८२

प्रयोगकर्ताको उमेर १८ वर्ष पुगे नपुगेको पहिचान गर्न इन्स्टाग्रामले गर्दैछ नयाँ विकल्पहरूको परीक्षण



पहिलोपोस्ट

प्रयोगकर्ताको उमेर १८ वर्ष पुगे नपुगेको पहिचान गर्न इन्स्टाग्रामले गर्दैछ नयाँ विकल्पहरूको परीक्षण
Photo: oberlo.com

सामाजिक सञ्जाल इन्स्टाग्रामले बिहीवार आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताहरूको उमेर प्रमाणित गर्न नयाँ विकल्पको परीक्षण गरेको छ। अमेरिकाका प्रयोगकर्ताहरूबाट इन्स्टाग्रामले परीक्षण सुरु गरिएको हो।

गत वर्ष चर्को आलोचना र विरोध भएसँगै इन्स्टाग्रामले ‘इन्स्टाग्राम किड्स’को लन्च रोकेको थियो। सोही कदमपछि आएको योजना हो यो ‘एज भेरिफिकेसन’।

इन्स्टाग्रामका अनुसार उसले व्यक्तिको उमेर प्रमाणित गर्न दुई नयाँ तरिकाहरू परीक्षण गरिरहेको छ। साथै प्रयोगकर्ताहरूलाई उनीहरूको पहिचान प्रमाण अनलाइन अपलोड गर्न मिल्ने पनि व्यवस्था मिलाउने छ।

‘जब हामीलाई कोही किशोर (१३-१७ वर्ष) हो भने थाहा हुन्छ, हामी उनीहरूलाई व्यक्तिगत खाताहरूमा नै सीमित राख्ने, उनीहरूलाई नचिनेका वयस्कहरूबाट अनावश्यक सम्पर्क राख्नको लागि रोक्ने र विज्ञापनदाताहरूले उनीहरूसम्म पुग्न सक्ने विकल्पहरू सीमित गर्ने जस्ता उमेर-उपयुक्त अनुभवहरू प्रदान गर्छौं,’ सञ्चालक कम्पनी मेटामा डाटा गभर्नेन्सका निर्देशक एरिका फिन्कलले एक ब्लग पोस्टद्वारा बताएकी छिन्।

इन्स्टाग्रामले प्रयोगकर्ताको गोपनीयता सुनिश्चित गर्न योती (अनलाइन उमेर प्रमाणीकरणमा विशेषज्ञ कम्पनी)सँग साझेदारी गरेको जनाएको छ।

इन्स्टाग्रामका अनुसार प्रयोगकर्ताहरूले आफ्नो उमेर प्रमाणित गर्न भिडियो सेल्फी अपलोड गर्न सक्छन्, त्यसपछि योतीको टेक्नोलोजीले अनुहारको फिचरहरूको आधारमा उमेर अनुमान गर्दछ। मेटा र योती दुवैले उमेर प्रमाणीकरण गरेपछि इमेज मेटाउनेछ।

यसबाहेक अर्को विकल्प भनेको कम्तिमा १८ वर्ष पुगेका तीन म्युचुअल फलोअर्सहरू चयन गरेर प्रयोगकर्ताको उमेर पुष्टि गरिने छ। (रोयटर्सबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell