PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसनको चुनाव, सिल गरियो नेपाल-भारत सीमा



पहिलोपोस्ट

गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसनको चुनाव, सिल गरियो नेपाल-भारत सीमा
Photo : India Today

काठमाडौं : नेपाल-भारत सीमा जोडिएको पूर्वी क्षेत्र आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ।

आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरि आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए।

उनका अनुसार आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ। विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell