PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डको अनुभव : सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै ९ महिना बित्यो



पहिलोपोस्ट

पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डको अनुभव : सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै ९ महिना बित्यो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गर्न प्रयास गरेको बताएका छन्। प्रचण्डले आज एक कार्यक्रममा सम्बोधन गर्दै दोस्रो कार्यकालप्रति आफूले गर्व गर्ने बताएका हुन्।

दोस्रो कार्यकालमा देशको राष्ट्रिय एकता नै के हुने हो भन्ने समयमा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो नभएको उनको भनाइ थियो। पहिलोपटक प्रधानमन्त्री हुँदा भने आफू अलमलमै रहेको उनले बताए।

उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलीमिली झिलीमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै ९ महिना त बितिहाल्यो। एउटा नयाँ परिस्थिति बन्यो। दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साच्चै नै धेरै कुरा सुधार गर्ने कोसिस गरेको हुँ, त्यसमा गर्व छ। देशको राष्ट्रिय एकता नै के हुने हो भन्ने बेलामा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन। आर्थिक विकासलाई २५ वर्षपछि साढे सात प्रतिशत कायम गर्ने कुरा पनि सानो कुरा थिएन। सबै जातजाती भाषाभाषीको एकता लाई सुदृढ गर्दै लोकतन्त्रको सुदृढिकरणमा अघि बढ्ने कुरा पनि सामान्य र चानचुने थिएन।’

दोस्रो कार्यकालमा नेतृत्वले इमान्दार प्रयास गरे छोटै समयमा प्रगति गर्न सकिन्छ भन्ने कुराको संकेत त्यतिबेला देखिँदा आफूलाई त्यसमा गर्व लाग्ने उनले सुनाए।

‘मलाई त्यो पछिल्लो छोटो भएपनि त्यो कार्यकाल नेपालको राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न, नेपालको लोकतन्त्रको प्रक्रियालाई सुदृढ गर्न, नेपाली जनताको एकता र भावनालाई अगाडि बढाउन र आर्थिक समृद्धितिर जान सकिन्छ नेतृत्वले इमान्दार प्रयास गर्‍यो भने छोटै समयमा देशमा तरक्की गर्न सकिन्छ भन्ने कुराको संकेत त्यतिबेला देखियो त्यसमा मलाई गर्व छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell