PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

काठमाडौं महानगरले ल्यायो २५ अर्बभन्दा बढीको बजेट, पूर्वाधार विकासका लागि छुट्याइयो ११ अर्ब ८ करोड



पहिलोपोस्ट

काठमाडौं महानगरले ल्यायो २५ अर्बभन्दा बढीको बजेट, पूर्वाधार विकासका लागि छुट्याइयो ११ अर्ब ८ करोड

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २५ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभामा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ अनुमानित बजेटको कार्यक्रम आगामी बर्षका लागि प्रस्तुत गरेकी छन्।

संचित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र  जग्गा एकीककरणहरु आयोजनाहरुबाट हुने आम्दानी लगायत स्थानीय सरकारको संचित कोष बाहेक बजेटमा ३ अर्ब ५ करोड रुपैया समावेश हुनेछ।

स्थानीय संचित कोषबाट खर्च हुने बाहेक आर्थिक विकास क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरिएको छ। जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ। कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि खर्च ४ अर्ब ६८ करोड ९८ लाख  रुपैयाँ छुट्याइएको छ। जुन कुल बजेटको  २०.९६ प्रतिशत हुन आउँछ। पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख रुपैया छुट्याइएको छ। जुन कुल बजेट ४९.५७ प्रतिशत हुन आउँछ। सामाजिक विकास क्षेत्रका लागि  १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ।जुन कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ।

सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रको विकासका लागि ४ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ। जुन कुल बजेटको १९.९६ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell