PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘शमशेरा’मा पहिलोपटक दोहोरो भूमिकामा देखिँदै रणवीर, आफैँले गरेका थिए पिता पनि बन्ने अफर



पहिलोपोस्ट

‘शमशेरा’मा पहिलोपटक दोहोरो भूमिकामा देखिँदै रणवीर, आफैँले गरेका थिए पिता पनि बन्ने अफर

रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक भएको छ। यस फिल्ममा रणवीर पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। सुरुमा फिल्ममा दोहोर भूमिकाको कथा नभए पनि कथा सुनेपछि आफैले डबल रोल खेल्ने अफर निर्देशक र निर्मातालाई दिएको रणवीरले बताएका छन्।

'पहिला जब यो फिल्मको कथा मलाई सुनाइयो तब त्यसमा डबल रोल थिएन। तर, जब मैले कथा सुनेँ, मैले नै आदित्य चोपडा र करण मलहोत्रालाई पिताको रोल पनि मलाई निर्वाह गर्न दिन भनेँ,' रणवीरले ट्रेलर सार्वजनिक कार्यक्रममा भनेका छन्। उनले पहिलोपटक डबल रोल खेल्नु पर्दा चुनौतीसँगै उत्साह पनि भएको बताएका छन्। रणवीर चार वर्षपछि ठूलो पर्दामा देखिँदैछन्। 

ट्रेलरमा अभिनेता सञ्जय दत्तलाई भिलेनको रूपमा देखिएका छन्। उनले दरोगा शुद्ध सिंहको भूमिका फिल्ममा निर्वाह गरेका छन्। डाँकु रणवीर र दरोगा सञ्जयबिचको लडाईँ ट्रेलरमा देख्न सकिन्छ।

करण मलहोत्राले निर्देशित यस फिल्ममा रणवीर र सञ्जयका साथै वाणी कपुरको पनि मुख्य भूमिका रहेको छ। वाणी यस फिल्ममा रणवीरकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्।

रणवीरको शमशेरा लुक केही समय अघि सार्वजनिक भएको थियो। त्यसपछि फिल्मको ट्रेलरलाई 'मोस्ट अवेटेड' भनिएको थियो। यशराज फिल्म्सले निर्माण गरेको यो फिल्म आगामी २२ जुलाईमा प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell