PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पोखरा महानगरपालिकाको नगरसभामा एमालेको अवरोध, वडाध्यक्ष शाहीले च्यातिन् रातो किताब



पहिलोपोस्ट

पोखरा महानगरपालिकाको नगरसभामा एमालेको अवरोध, वडाध्यक्ष शाहीले च्यातिन् रातो किताब

पोखरा : पोखरा महानगरपालिकाको नगर सभाको बैठक नेकपा (एमाले)ले अवरोध गरेको छ ।उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रममा एमालेले अवरोध गरेका हुन्।

बजेट भाषण नहुँदै रातो किताब छापेको भन्दै एमालेका जनप्रतिनिधिले सभा अवरुद्ध गरेका हुन्। जनप्रतिनिधिले सभामा नाराबाजी गरिरहेका छन्। वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाहीले रातो किताब च्यातेकी छिन्।

शुक्रवार पोखराको सभागृहमा  ११औँ नगर सभाको आयोजना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell