PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

आगामी आर्थिक वर्षको लागि धरान उपमहानगरपालिकाले ल्यायो साढे एक अर्बभन्दा बढीको बजेट



रासस

आगामी आर्थिक वर्षको लागि धरान उपमहानगरपालिकाले ल्यायो साढे एक अर्बभन्दा बढीको बजेट
फोटो : उपमेयर अईन्द्र विक्रम बेघाको सचिवालय

इनरुवा : सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट शुक्रवार प्रस्तुत गरेको छ।

धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अईन्द्र विक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन्। कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ रुपैयाँ र पुँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको उनले बताए।

आन्तरिक राजस्वबाट २५ करोड रुपैयाँ, संस्थागत आन्तरिक अनुदान पाँच करोड २० लाख, सङ्घीय सरकारबाट ८३ करोड चार लाख, प्रदेश सरकारबाट तीन करोड ५० लाख ७० हजार, सङ्घीय राजस्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख आठ हजार रुपैयाँ नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताए।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए।

धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ दुई करोड ५० लाख र कार्यक्रम तथा पुँजीगततर्फ २९ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ। सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड १० लाख रुपैयाँ र शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्यतर्फ चार करोड दुई लाख रुपैयाँ, सामाजिक विकासतर्फ पाँच करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ दुई करोड ७२ लाख तथा बन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ एक करोड ६८ लाख रुपैयाँको बजेट विनियोजन गरिएको बेघाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell