PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको पहिलो दिनको दृश्यहरु

४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको पहिलो दिनको दृश्यहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आजदेखि ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सुरु भएको छ। नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता सुरु भएको हो।

पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते। आजै हाइजम्प लगायतका खेलहरु पनि भएका थिए।

प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा सात प्रदेश र तीन विभागीय टोलीका २४० खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन्। तीन दिने प्रतियोगितामा कुल ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर, हाइजप, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन, सटपुट, डिसकस, ४ बाई १ सय मिटर रिले, ४ बाई ४ सय मिटर रिले र ११० हडल्स महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell