PahiloPost

Oct 14, 2025 | २८ असोज २०८२

कांग्रेसको किसान संघमा तिमिल्सिना र जनजाति संघमा घर्ती



पहिलोपोस्ट

कांग्रेसको किसान संघमा तिमिल्सिना र जनजाति संघमा घर्ती

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको किसान संघको अध्यक्षमा गणेश तिमिल्सिनालाई नियुक्त गरेका छन्। त्यसैगरी नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगललाई नियुक्त गरेका छन्।

देउवाले पार्टीको विधान अनुसार म्याद समाप्त भई विघाटन भएका दुई भ्रातृ संघको प्रमुख आज तोकेको केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा उल्लेख छ।

'नेपाली कांग्रेस केन्द्रीय केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ को धारा ४२(१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आवद्ध भ्रातृ संघ— नेपाल किसान संघको अध्यक्ष पदमा श्री गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्ष पदमा श्री ओमबहादुर (थापा) घर्ती मगरलाई नियुक्त गर्नु भएको छ,' मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell