PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

चर्को दवावपछि अन्तत: मन्त्रिपरिषदबाट पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय, कर कटौती गरिने



पहिलोपोस्ट

चर्को दवावपछि अन्तत: मन्त्रिपरिषदबाट पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय, कर कटौती गरिने

काठमाडौं : जनस्तरबाट चर्को विरोध र सत्तारुढ गठबन्धनको दवावका कारण सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्दै मूल्य घटाउने निर्णय भएको  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनबाट जानकारी दिए।

कर कटौतीपछि अब पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ र डिजेलको मूल्य १ सय ६३ रुपैयाँ हुनेछ। बडूले कुन कुन कर कटौती भयो भन्ने जानकारी पछि सार्वजनिक गर्ने बताए।

आज बसेको मन्त्रिपरिषदले नै निर्णय गरेर मूल्य समायोजन गरेको मन्त्री बडूले जानकारी दिए। 'आज बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो। यो निर्णयअनुसार आज साँझसम्म नेपाल आयल निगमले नयाँ मूल्य सार्वजनिक गर्नेछ जुन मध्यराति १२ बजेदेखि लागू हुनेछ,' उनले भने।

अहिले पेट्रोलको प्रतिलिटर मूल्य १९९ रुपैयाँ र डिजेलको १९२ रुपैयाँ छ। मन्त्री बडूले विद्युतीय सवारीमा सरकारले प्राथमिकता दिने तथा इन्धन आपूर्ति सहज गराउने समेत पत्रकार सम्मेलनमा जानकारी दिए।

बडूले आजको निर्णय समस्याको समाधान नभए पनि यसबाट जनतालाई केही हदसम्म राहत पुग्ने सरकारले विश्वास लिएको बताए। उनले इन्धनको मूल्य बढ्दा उपभोग्य वस्तुको मूल्य पनि बढेको भन्दै अब व्यापारीहरुलाई ती वस्तुहरुको मूल्य तत्काल घटाएर सहयोग गर्नुहुन्छ उने आग्रह गरेका छन्। 

'सरकारले अब बजार अनुगमनलाई तीब्र बनाउँछ। म व्यापारीहरुलाई वस्तुहरुको मूल्य तत्काल घटाउन आग्रह गर्छु,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell