PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका-५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो।

आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिइ।

गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell