PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

केपी ओलीले विदेशीहरुको हितमा काम गर्न थालेपछि पार्टीमा विद्रोह भयो : माधव नेपाल



पहिलोपोस्ट

केपी ओलीले विदेशीहरुको हितमा काम गर्न थालेपछि पार्टीमा विद्रोह भयो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको सरकार हुँदा केपी शर्मा ओली स्वेच्छाचारी हुन थालेपछि विद्रोह गरेको बताएका छन्। आइतवार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

'एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद थिएन। तर पछि केपी ओलीमा दक्षिणवादी भाँसमा भासिन थाले,' नेपालले भने, 'क्रान्तिकारी भावना त्याग्न थाले। देशभक्ति भावना त्यागेतर विदेशीहरुको हितमा काम गर्न थाले।'

ओली सरकारले चुच्चे नक्सा किताबमा छापिँदासमेत वितरणमा रोक लगाएको नेपालले आरोप लगाए। उनले ओली हरेक कोणबाट स्वेच्छाचार हुँदै गएकोले पार्टीमा विद्रोह भएको दाबी गरे।

'पार्टीभित्र नियुक्त गर्ने कुरा होस कुनै व्यक्तिको मुल्याङ्कनमा वेवास्ता गर्न थाले। चरम व्यक्तिवादी प्रवृत्ति देखिन थाल्यो। निरंकुशता देखा पर्‍यो। एक्लैले केन्द्रीय समिति बढाए। आफूलाई मन नपरेको मान्छेलाई पार्टीबाट निष्कासन गर्न थाले,' नेपालले भने, 'हामीसँग अब केही विकल्प थिए, पहिलो उनको शरणमा बस्नु दास भएर बस्नु। दोस्रो साधु भएर गेरुवा बस्त्र लगाएर राजनीतिबाट बिदा लिनु। र, तेस्रो बाटो थियो बिद्रोह गर्नु। संविधान मिच्न थालेपछि हामीले विद्रोह गर्‍यौं।'

नेपालले पार्टी विद्रोह गरी पार्टी निर्माण गर्दा निकै मुश्किल भएको स्मरण गराए। ओलीले पार्टी निर्माणमा चलखेल गर्ला भनेर बस चढी चन्द्रागिरी पुगेको घटनासमेत उनले स्मरण गराए।

'२०७८ भदौ २ गते हामीले विद्रोह गर्‍यौ। कति गाह्रो भएको थियो। चन्द्रागिरी गयौ बसमा चढेर। दुई दिन बसमा चढेर फेरि निर्वाचन आयोग गयौ। ओलीले भड्काइदेला भनेर। त्यहाँ पनि कति मुश्किल भयो,' नेपालले भने।

पार्टीमा विद्रोह नभएको भए ओलीको सरकारले एमसीसी जस्ताको तस्तै पास गर्नेसमेत नेपालले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell