PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

घट्यो गाडीभाडा : ढुवानी साधनमा ६.९७ र यात्रुवाहकमा ५.४१ प्रतिशतले घट्यो



पहिलोपोस्ट

घट्यो गाडीभाडा : ढुवानी साधनमा ६.९७ र यात्रुवाहकमा ५.४१ प्रतिशतले घट्यो

काठमाडौं : इन्धनको मूल्य घटेपछि सरकारले पछिल्लो पटक बढाइएको सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। आइतवारदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनको भाडा ५.४१ प्रतिशतले घटेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको छ।

जनस्तरबाट चर्को विरोध र सत्तारुढ गठबन्धनको दवावका कारण सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्दै मूल्य घटाउने निर्णय भएको हो।

कर कटौतीपछि अब पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ र डिजेलको मूल्य १ सय ६३ रुपैयाँ हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell