PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म ‘रीत’को छायाङ्कन सकियो



पहिलोपोस्ट

लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म ‘रीत’को छायाङ्कन सकियो

काठमाडौं : फाल्गुनन्द लिङदेन फिल्म्सले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म ‘रीत’को छायाङ्कन सकिएको छ। शनिवार राजधानीमा ‘इन्डक्ल्याप’ गर्दै फिल्मको छायाङ्कन पूरा भएको जानकारी दिइएको हो।

फिल्ममा दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको छ। निर्देशक लिङ्देनले फिल्ममा लिम्बु जातिको विवाहमा हुने संस्कारलाई समेटेको बताए।

ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकामा समेत छायाङ्कन गरिएको फिल्मलाई सुमन तामाङले खिचेका हुन्। ‘इन्डक्ल्याप’मा कलाकार तथा निर्देशक अशोक शर्माले राज्यले नेपाली कला र संस्कृतिको कथामा निर्माण हुने फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताए।

फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङबो, सोनु लिम्बु, पूर्ण सेलिङ, दिनेश माङमु, रत्ना लिङ्देन, राजु घिमिरे, भीम थेबे, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङ, प्रभु कुरुम्वाङको अभिनय छ।

सागर केरुङको कथा र भाषा अनुवाद रहेको फिल्म आगामी बलिहाङ तङ्नाम (तिहार)मा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell