PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

दुर्व्यसनमा फसेकालाई खाँचो सहायताको : पेन्टिङमार्फत वकालत

दुर्व्यसनमा फसेकालाई खाँचो सहायताको : पेन्टिङमार्फत वकालत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

यसै अवसरमा आज स्पर्श नेपालले लागुऔषध दुर्व्यसनीमा फसेकाहरुलाई सजाय नभई मानासिक सहायताको लागि वकालत गरेको छ। स्पर्शले पेन्टिङ प्रतियोगिताको माध्यमबाट लागुऔषध दुर्व्यसनीमा फसेकाहरुलाई मानासिक सहायताको लागि वकालत गरेको हो।

सो क्रममा विभिन्न आर्टिस्टहरुले पेन्टिङ प्रतियोगितामा भाग लिएका थिए। उत्कृष्ट पेन्टिङ बनाउनेलाई आयोजकले १५ हजार रुपैयाँ पुरस्कारको पनि व्यवस्था गरेको थियो।

दुर्व्यसनीहरु अपराधी नभएकाले उनीहरुलाई कुट्ने पिट्नेभन्दा पनि उपचारसहितको सहायता उपलब्ध गराउनुपर्ने कार्यक्रमको सन्देश रहेको आयोजकले जनायो।



ट्रेन्डिङ पोस्ट

Ncell