PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

गणपुरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भयो प्रतिनिधिसभा बैठक



पहिलोपोस्ट

गणपुरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक गणपुरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भएको छ। गणपुरक संख्या ६९ हुनुपर्नेमा ६३ जना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित भएको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले नीति अनुसन्धान प्रतिष्ठान विधेयक-२०७६ निर्णयार्थ पेश गरेका थिए। गणपुरक नपुगेकोबारे सांसद झपट बहादुर रावलले सभामुख सापकोटालाई जानकारी गराएका थिए। त्यसपछि तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या गनिएको थियो

सभामुख सापकोले भने, ‘कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न प्रतिनिधि सभाको एक चौथाइँ सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाई गणपुरक संख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या ६९ हुनुपर्नेमा हाल ६३ भएकोले, उक्त गणपुरक संख्या नपुग भएको देखिएकोले यो बैटक आजै आधा घण्टाको लागि स्थगित हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell