
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते नै राजीनामा बुझाएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू ८ महिना २० दिन मन्त्रालयमा रहेर काम गरेको बताए।
२०७८ असोज २२ गते मन्त्री नियुक्त भएका आलेले आइतवार राजीनामाबारे जानकारी गराएका हुन्। उनले आफूले २ सय ६३ दिन मन्त्रालयमा बिताएको पत्तो नै नपाएको बताए। 'प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक परिपार्टीमा हुर्किएको हुँ,'उनले भने।
९० प्रतिशत आफूले अंक ल्याएको आलेको भनाइ छ। मन्त्रीका हैसियतामा आफूलाई एक्सन मन्त्रीको उपमा दिएको आलेको भनाइ छ। उनले आफू मन्त्री हुँदा नै कर्मचारीलाँई अघिपछि लागेर खुसी नबनाउन भनेको स्मरण गरे।
आलेले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरुका आदेशअनुसार आफू मन्त्रीको रुपमा क्रियाशिल रहेको बताए। उनले त्रिभुवन विमानस्थमा स्थापित गरिएको भिभिआइपि कक्षलाई सधै सम्झिरहेन बताए।
त्यसैगरी गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनु आफ्नो उपलब्धि भएको आलेको भनाइ छ। उनले त्रिभुवन विमानस्थलमा निशुल्क बस सेवा सञ्चालन गरिनु पनि उपलब्धि भएको बताए। उनले विभिन्न ठाउँमा विमानस्थल निर्माण भएको बताए। भने,'इलाममा विमानस्थल निर्माण भइ नियमित सञ्चालन भएको छ।'