
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैयाँको बजेट ल्याएको छ। आज हेटौँडामा उपमहानगरपालिकाका उप-प्रमुख राजेश बानियाँले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।
बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ। सामाजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको छ।
बन तथा वातावरणतर्फ १२ करोड ६ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ।
त्यस्तै, विविध कोषतर्फ ९९ लाख तथा वाग्मती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैयाँ विनियोजन भएको उप-प्रमुख बानियाँले बताएका छन्।