PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पेस्तोल र गोलीसहित नयाँ बसपार्कबाट दुईजना पक्राउ



रासस

पेस्तोल र गोलीसहित नयाँ बसपार्कबाट दुईजना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौं महानगरपालिका-१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका-१४ का ३० वर्षीय राजु विकलाई शनिवाबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell