
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको जानकारी दिएको छ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।