PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

अन्ततः फेरिए एकीकृत समाजवादीका मन्त्री, यस्तो छ नयाँ मन्त्रीमण्डल



पहिलोपोस्ट

अन्ततः फेरिए एकीकृत समाजवादीका मन्त्री, यस्तो छ नयाँ मन्त्रीमण्डल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ। हालको मन्त्रिपरिषद्मा नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू हेरफेर भएका हुन्।

एकीकृत समाजवादीको सिफारिसमा प्रधानमन्त्री देउवाले मन्त्री फेरेका हुन्। मन्त्रिपरिषद्मा चार जना मन्त्री र एक जना राज्यमन्त्री परिवर्तन भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नयाँ मन्त्रिपरिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् भने शहरी विकासमन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी प्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन्। हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।

यस्तो छ नयाँ मन्त्रिपरिषद् :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell