PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

प्रदेश १ र गण्डकीमा भारी वर्षा हुने : केही नदीमा आकस्मिक बहाव



पहिलोपोस्ट

प्रदेश १ र गण्डकीमा भारी वर्षा हुने : केही नदीमा आकस्मिक बहाव
तनहुँको ऋषिङ्ग गाउँपालिका–१ झापुटारस्थित मादीसेती नदी किनारमा लगाइएको तटबन्ध।

काठमाडौं : मनसुनका कारण देशका विभिन्न स्थानमा वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

'हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,' महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज दिनभर कस्तो रहला मौसम?

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। 'देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।'

यसैगरी राति देशभर सामान्य देखि पुर्ण बदली रहने महाशाखाले जनायो। देशका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ। प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ।

नदीहरुमा उच्च बहाव

वर्षाका कारण प्रदेश १ का ताप्लेजुङ, इलाम, धनकुटा, भोजपुरका साना नदीहरुमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान गरिएको छ। त्यसैगरी वाग्मतीको धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक त्यसैगरी गण्डकीका लमजुङ, गोरखा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, कर्णालीको जाजरकोट, दैलेख, सुर्खेत र सुदुरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी र अछामका नदीहरुमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनायो।

आज तमोर र त्रिवेणी नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell