PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

उपत्यकामा हैजा फैलिने डर, हालसम्म १२ जना बिरामी भेटिए



पहिलोपोस्ट

उपत्यकामा हैजा फैलिने डर, हालसम्म १२ जना बिरामी भेटिए
Photo : Jhsph / Getty Images

काठमाडौं : काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन्।

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको उनले जानकारी दिए।

यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा हैजा देखिएपछि स्वास्थ्य मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल र समन्वय गरिरहेको छ। ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि ठेलगाडा व्यापारमा रोक लगाउने निर्णय गरिसकेको छ।

मन्त्रालयले हैजा सम्बन्धि कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध समेत गरेको छ। हैजा फैलिएर महामारी बन्न सक्ने भन्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेरको छ। मन्त्रालयले सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बेलाबेलामा हात सफा गर्न, खानेकुराको सरसफाइ गर्न र खुला रुपमा दिसापिसाब नगर्न अनुरोध गरेरको छ। शौचालयको प्रयोग पछि अनिवार्य साबुन पानीले हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell