PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

मन्त्रीमा बढुवा भएका खापुङले गरे पदभार ग्रहण, स्वास्थ्य मन्त्रालयबाट विरोध खतिवडाको बिदाइ

मन्त्रीमा बढुवा भएका खापुङले गरे पदभार ग्रहण, स्वास्थ्य मन्त्रालयबाट विरोध खतिवडाको बिदाइ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपग ग्रहण गरेपछि मन्त्रालय पुगेर खापुङले पदभार ग्रहण गरेका हुन्।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका खापुङ यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री थिए। आज पदभार ग्रहण कार्यक्रममा निवर्तमान स्वास्थ्य मन्त्री विरोध खतिवडाले खापुङलाई स्वागत गरेका थिए। उनले खापुङलाई सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरे। यस्तै, नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि पदभार ग्रहण गरेका छन्।

सो क्रममा मन्त्रालयका कर्मचारीले खतिवडालाई विदाइ गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell