PahiloPost

May 15, 2025 | २ जेठ २०८२

नवनियुक्त मन्त्रीहरुको सिंहदरबारमा इन्ट्री

नवनियुक्त मन्त्रीहरुको सिंहदरबारमा इन्ट्री

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरुले सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्।

जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले शहरी विकासमन्त्री र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा पदभार ग्रहण गरेका हुन्।

उनीहरुलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ पनि लिएका थिए। राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell